बागमती प्रदेश सरकारसंग पुष्पको प्रर्वधनकालागी समन्वय
Activities
2026-05-04 01:03:42
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छि बिकास मन्त्रालय मकवानपुर हेटौंडामा आगामी बर्षका लागी कार्यक्रम माग गर्न समन्वयका लागी सहकारीका कार्यबहाक अध्यक्ष ज्यूको नेतृत्वमा ५ सदस्यीय टोली हेटौंडामा गई कार्यक्रम पेश गरिएको छ सो टोलीमा सहकारीका सचिव रुपेश भट्टराई, कोषाध्यक्ष रामचन्द्र खड्का, प्रवन्धक बिश्वमणि पोख्रेल र बजार प्रवन्धक हिरामणि शर्मा सहभागी रहनु भएको थियो ।
सो अवसरमा मन्त्रालयका माननिय कृषि मन्त्री श्री मधुसुदन पौडेल, श्रीमान सचिव सुधिर श्रेष्ठ र कृषि निर्देशनालयका निर्देशक श्री नारायण कुमार श्रेष्ठसंग पुष्प बजारको बर्तमान अवस्था, नेपालमा उत्पादन र बजारीकरणको अवस्थाका साथै आगामी दिनमा प्रदेश सरकारले पुष्प क्षेत्रको बिकास र प्रवर्धनका लागी गर्नुपर्ने कार्यहरुको बारेका सौहार्दपूर्ण तरिकाबाट प्रस्तुत गरियो । यसै सिलसिलामा बागमती प्रदेशका माननीय यातयात मन्त्री श्री जयराम थापा ज्यूसंग समेत भेटघाट गरि पुष्पको समसामयिक बिषयमा छलफल गरियो ।